![]() |
| हनुमान ढोका दरबार बेच्न लागिएको भन्दै बिरोध जानाउदै तस्बिर :कमल शर्मा |
भदौ २ । विश्व सम्पदा सुचीमा सुचिकृत ऐतिहासिक स्थान बसन्तपुरमा रहेको हनुमानढोका दरवार स्वायर निजिकरण गर्ने विषय विवाद झन्-झन् चुलिएर गएको छ ।
नेपाल सरकारले साइट वर्कस टेड्रस प्रालिलाई सरकारले सुम्पीसकेको छ । सम्झैतामा यसको बदलामा उक्त कम्पनीले सुम्पदा सुन्धारा व्यवस्थित गराउनु पर्ने, सास्कृतिक हस्तकला र पुरातात्विक वस्तुको पसल हुनुपर्ने, सुन्धारामा उचिल ढल निकास हुनु पर्ने लगायत सम्झौता गरीएको छ ।
उक्त कम्पनीले लिएपछि हनुमानढोका जाने पर्यटकले धरहरा चढ्नै पर्ने, हनुमान ढोका पुगेपछि धरोहराको पैसा पनि तिर्नु पर्ने नियम लागू गराइने छ ।
जसले गर्दा धरहरा मात्रै घुम्न आउनेले पनि वसन्तपुरको पैसा तिर्नुपर्ने तथा वसन्तपुर घुम्न आउनेले मात्रै पनि धरहरा घुम्नै पर्ने बाध्यता थपिने भएको छ ।
जसले गर्दा धरहरा मात्रै घुम्न आउनेले पनि वसन्तपुरको पैसा तिर्नुपर्ने तथा वसन्तपुर घुम्न आउनेले मात्रै पनि धरहरा घुम्नै पर्ने बाध्यता थपिने भएको छ ।
हनुमानढोका दरबारमा ऐतिहासीक सामाग्रीहरु विदेशसम्म पुर्याएर करोडौँ कमाउने उद्देश्यकाका साथ ठुलै गिरोह यसको लागि लागि परेको बताइएको छ । यस्तै विषयलाई लिएर स्थानीयहरुले भने लगातार रुपमा आन्दोलन समेत गर्दै आएका छन् ।
यस कम्पनीले लिएपछि हनुमान दरबार क्षेत्रमा प्रवेश गर्न १ हजार रुपैयाँ तिर्नु पर्ने निति कायम गराउने स्रोतले जनाएको छ । निजिकरण पछि उक्त कम्पनीले आफ्नो हैकम जमाउनेमा कुनै दुई मत नभएको स्थानीय बासिन्दाको भनाई छ । यतिमात्र होइन लिभिङ गडका रुपमा रहेकी कुमारीको पनि व्यापार गरी लाखौँको चलखेल हुन लागेको स्थानीयहरु बताउँछन् ।
Comments








