भदौ २ । उच्च माध्यमिक शिक्षा परिषद्ले मिनिस्कर्ट लगाउने र पार्कमा डुल्ने विद्यार्थी खोज्न आजदेखि टोली नै गठन भएको छ ।
प्लस टुमा अध्ययन गर्ने विद्यार्थीको ‘आपत्तिजनक अवस्था’बारे अनुगमन गर्न टोली खटाएको आजको नयाँ पत्रिकाले खबर छापेको छ ।
मिनिस्कट लगाउने, पार्कमा आपत्तिजनक अवस्थामा बस्ने र मोटरसाइकल चलाउनेलगायत क्रियाकलापमा संलग्न विद्यार्थीको पहिचान गर्न परिषद्ले आइतबारदेखि ६ टोली खटाएको हो ।
दुई दुई जनाको टोलीले १५ दिनसम्म चोक तथा पार्कमा अवलोकन गर्ने र आपत्तिजनक अवस्थामा पाइएमा फोटोसमेत खिचेर कारबाहीका लागि सिफारिस गर्ने बताइएको छ ।
टोलीले विद्यालय पोसाकमा फिल्महलमा जाने, ग्याङफाइटमा लाग्ने, मिनिस्कट लगाउने, मोटरसाइकल चलाउनेलगायत आचारसंहिताविरुद्धका क्रियाकलापमा लाग्नेको विवरण संकलन गर्ने जनाइएको छ ।