भदौ २ । पूर्व प्रधानमन्त्री मरिचमान सिहं श्रेष्ठको शोकमा पव्लिक क्याम्पस प्राध्यापक संघ र पब्लिक क्याम्पस संघको आह्वानमा आज सल्यानका सम्पूर्ण क्याम्पसहरु बन्द गरिएको छ ।
राष्ट्रवादी र सल्यानको नेतृत्वदायी व्यक्तित्वको निधनले सल्यानलाई अपुरणीय क्षति पु¥याएको भन्दै उहाँको सम्मानमा एक दिन क्याम्पस बन्द गरिएको प्राध्यापक संघका जिल्ला अध्यक्ष परशुराम वलीले जानकारी दिए ।
पूर्व प्रधानमन्त्री श्रेष्ठको साउन ३१ गते निधन भएको थियो । पूर्व प्रधानमन्त्री श्रेष्ठ लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए ।
Comments