भदौ २ । नेकपा–माओवादीले सरकार आफ्ना मागमा सहमत भए चुनाव जाने विषयमा पार्टीमा कुनै समस्या नरहने बताएको छ ।
पार्टीभित्र देखिएका सामान्य मतभेदलाई विवादका रुपमा गरिएको प्रचार गलत रहेको पनि उसले बताएको छ ।
सचिव देवप्रसाद गुरुङले चुनावमा जाने प्रक्रियाका विषयमा केही फरक विचार रहेको तर माग पुरा भए चुनावमा जान सकिने विषयमा कुनै मतभेद नरहेको बताए ।
उनले पहिले देखि उठाउँदै आएको गोलमेच सम्मेलन नछाड्ने की भन्ने विषयमा केही साथीहरुले भनाई राखेको तर त्यो अडानमा रुपमा नरहेको पनि दावी गरेका छन् ।
सरकारसँग भइरहेको वार्ताका विषयमा आन्तरिक छलफल भइरहेको पनि माओवादीले जनाएको छ ।
Comments