भदौ १ । एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले निर्वाचन सार्नु भनेको देशलाई अनिश्चिततामा लैजानु जस्तै भएको बताएका छन् ।
एकीकृत नेकपा माओवादी काभ्रे क्षेत्र नं ३ ले आयोजना गरेको एक कार्यक्रममा उनले अवश्यक लचकता अपनाएपनि असन्तुष्ट दलहरुले निर्वाचन सार्ने र भाँड्ने गरि राखिएको माग पुरा गर्न नसकिने समेत बताए ।

मंसिर ४ मा हुने संविधान सभाको निर्वाचनको कुनै विकल्प नभएको भन्दै उनले जुनसुकै लचकता अपनाए पनि निर्वाचन सार्न नसकिने जनाए ।

कार्यक्रममा उनले संघीयतामा जाँदा देश नटुक्रने बताउँदै देश संघीयतामा गए पनि नेपाल अखण्ड हुने विचार व्यक्त गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।