साउन ३२ । शुक्रबार मध्याह्नपछि आएको वर्षाले राजधानी एकछिनमै जलमग्न भयो । ढलको उचित निकास गर्न नसक्नाले सानो वर्षा हुँदा पनि राजधानीका रोडहरु जलाम्मे बन्दै आएकोमा आज थोरै समय आएपनि निक्कै ठूलो वर्षा वर्षिएकाले राजधानी डुबानमा परे झैँ देखिन्थ्यो ।

पुतलीसडक शंकरदेव नजिकै रोड क्रस गर्ने क्रममा हातमा चप्पल लिएर रमाउँदै एक विद्यार्थी ।

वर्षाका कारण त्रिपुरेश्वर, जमल, पुतलीसडक, माइतीघर तथा सिंहदरबार वरपरका सडकहरु पुरै ठप्प जस्तै बनेका थिए । त्यस क्षेत्रका सडकमा कम्मर भन्दा माथि आउने गरी पानी जमेपछि घण्टौँसम्म राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो ।

ट्याक्सी तथा मोटरसाइकलहरु सडकमा पुरै डुबेका दृश्यहरु छ्यापछ्याप्ती देख्न सकिन्थ्यो । वर्षाका कारण बाटो हिड्ने सर्वसाधरण, साना विद्यार्थीहरु समेत प्रभावित बनेका थिए । उनीहरुले जुत्ता हातमा लिएर हिडेका थिए, । वर्षा रोकिएपछि सडकमा पानी भने जमेको हेर्नेहरुको उत्तिनै ठूलो भीड देखिन्थ्यो । त्यहाँ कोही एकले अर्कालाई बोकेर सडक पार गरिरहेका थिए भने कोही भने फोटो समेत खिचाउन व्यस्त देखिन्थे ।

हेरौँ केही छिनको वर्षाका कारण पुतलीसडक तथा सिंहदरबार आसपासमा देखिएका र हेलोखबरको क्यामरामा कैद भएका केही दृश्य:

न्यूप्लाजामा सडकमा जमेको पानी ।

सडकपेटीमा समेत पानी आएपछि साइडबाट हिड्दै सर्वसाधरण ।

न्यूप्लाजा नजिकै सडकमा जमेको पानीमा गुड्दै मोटरसाइकल । पछाडीपट्टि भने पानीमा फसेको छ ।

पुतली सडक कुमारी बैंक अगाडी पैदल हिड्दै सर्वसाधरण । जहाँ एक जनालाई भने बोकेर सडक पार गराईँदै छ ।

बोकेर सडक पार गराइँदै जलमग्न सडकमा ।

हातमा जुत्ता बोकेर जलमग्न सडक पार गर्ने क्रममा विद्यार्थीहरु ।

जलमग्न सडक पार गर्ने क्रममा विद्यार्थीहरु ।

पुतलीसडकको सडकमा जमेको पानी ।

जलमग्न पानीमा फोटो खिचाउँदै दुई किशोरीहरु ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।