कुनैपनि हालतमा संविधानसभाको निर्वाचन :गच्छदार

 साउन ३२ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आगामी मङ्सिर ४ गते कुनैपनि हालतमा संविधानसभाको निर्वाचन  हुने बताएका छन ।
 अहिले  नेपालभरी  निर्वाचनको माहोल बढेकोले  चुनाब हुने निश्चित भएको दाबी गरेका छन । 
 उनले देशको राजनीतिक निकास, लोकतन्त्रलाई संस्थागत गर्न र आर्थिक समृद्विका लागि संविधानसभाको निर्वाचन गरेर  संविधान बनाउनुको  अर्को बिकल्प नरहेको भनाई छ ।
 लोकतान्त्रिक मधेसी मोर्चाको संयोजकसमेत रहेका अध्यक्ष गच्छदारले  सम्पुर्ण मतदातालाई निर्धक्क भएर निर्वाचनमा भाग लिन आग्रह  आग्रह गरेका छन  ।
मधेसी, महिला आदिवासी जनजाति,  र पिछडिएका जनताको  अधिकारको लागि  निर्वाचन हुनु पर्नेमा जोड  दिएका छन ।