साउन ३२ । संविधानसभाको निर्वाचन र नेपालीका प्रमुख चार्डपर्व  आउदै गर्दा  राजधानी उपत्यकामा  नेपाल प्रहरीले  विशेष  एक महिने सुरक्षा व्यवस्था  भोलीबाट लागु गर्ने भएको छ ।

 महानगरीय प्रहरी आयुक्तको कार्यालयले उपत्यकाका तीनवटै जिल्लामा अपराध नियन्त्रण र शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनका लागि विशेष अभियान सुरु गरेको जनाएको छ ।

 आगामी निर्वाचनको मिति नजिकिँदै गएपछि विभिन्न राजनीतिक दलका भ्रातृसंगठनहरुको चन्दा आतंक, निर्वाचन बहिस्कारका कार्यक्रम, गुन्डागर्दी लागूऔषध ओसार पसार, वेश्यावृत्ति लगाएतका आपराधिक क्रियाकलाप रोक्न एक महिने विशेष सुरक्षा सुरक्षा अभियान लागु  गरेको  प्रहरीको भनाइ छ ।

 समय गुज्रिँदै गएपछि अन्त्यमा तयारी गर्नुभन्दा अहिलेदेखि नै सुरक्षा सुदृढीकरणका लागि योजना बनाएर कार्यान्वयन गरिएको  प्रहरी आयुक्त नवराज ढकालले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।