
अत्यधिक रक्तस्राव भएर अस्पताल पुर्याइएकी जैसीलाई नेपाली सेनाको वीरदल गण गुल्मका जवान ईश्वरकुमार शाहीले बी पोजेटिभको एक पोका रगत दिएपछि उनको ज्यान बचेको अस्पतालले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ। यसअघि चारवटी छोरीको जन्म दिएकी जैसीको छोरा पाउने आशमा दुई सन्तान खेर गएको परिवारले बताएको छ ।
छ वटा सन्तानपछि सातौँ सन्तानका रुपमा गएराति शल्यक्रिया गरेर अस्पतालमा बच्चा निकालिएकी सुत्केरी महिलालाई अस्पतालको आग्रहमा सेनाले रगत दान गरेको डाक्टर केशव भट्टराईले जानकारी दिए ।
गर्भवती भएको समयमा स्वास्थ्य र गर्भ परीक्षण नगर्दा तथा धेरै सन्तान जन्माउँदा यस्ता समस्या आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।
Comments