
जीवन सञ्चालनको लागि कम पढेकाको दिमाग कम हुन्छ उनीहरुलाई सधै बढि तनाब हुन्छ र मस्तिष्क सम्बन्धी रोग समस्या हुन्छ । तर अहिले वैज्ञानिकहरुले यस्तो नयाँ तथ्य पत्ता लगाएका छन की अत्यधिक शिक्षाको कारणले मानसिक बिमारीको समस्या हुने बताइएको छ ।
अध्यन कर्ताका अनुसार जसले उच्च शिक्षा लिएर पनि अपेक्षा अनसार जागीरको अभाव हुने र मानसिक रोगि हुने खतरा हुने बताइएको छ ।
अध्यनमा २१ युरोपेली देशमा १६६०० जागिर गर्ने व्यक्तिमा यस्तो अनुसनधान गरिएको थियो । अध्यनमा २६ देखि ६० वर्षका मानिसहरुमा अध्यन गरिएको थियो ।
लाइवसाइन्स डट कम वेब साइट र बेल्जियमको घेन्ट विश्वविद्यालयका अध्यनकर्ताका अनुसार शिक्षित व्यक्तिमा मानसिक तनाव अशिक्षित व्यक्तिको भन्दा बढि पाइएको थियो । अध्यनमा शिक्षितमा बढि मस्तिकमा तनाब हुने कारण उनी हरुले जागिरबाट सन्तुष्टि नहुनु प्रमुख कारण रहेको थियो ।
अध्ययनकर्ताले यदी शिक्षा अनुसार आर्थिक सन्तुष्टिमा कम हुने भएकोले बढि शिक्षित व्यक्तिलाई मानसिक स्वास्थ्यको समस्या आउने तथ्य बताइएको छ ।
अध्यनमा कुनै पनि व्यतिको जिवनमा शुरुमा कम पढेको अवस्थाका र बढि पढेको अवस्थामा जागीर परिवर्तन गर्नु आवश्यक हन्छ अन्यथा उक्त व्यतिm मानसिक तनाब हुने अध्यनको दाबी छ ।
बढी शिक्षित व्यक्तिमा अपेक्षा बढि हुने र यसै अनुरुप सफलता नपाइने हुनाले पनि उनीहरुमा मानसिक रुपमा समस्या देखा पर्ने अनुसन्धानकर्ताहरुको निकर्ष छ ।