
बुढीगंगा–९ निवासी किणी साउँदलाई छिमेकी बेलु साउँदले बोक्सीको आरोपमा गाली बेइज्जती समेत गरेकी हुन् ।
बेलुले घरमै आएर तँ बोक्सी लागेपछि भैंसीले दुध दिन छाड्यो भनेर गाली बेइज्जती गरेको पीडितको भनाई छ ।
उक्त घटनापछि बेलुका विरुद्ध किणीले प्रहरीमा उजुरी दर्ता गरेकी छन् । तर प्रहरीले कारबाही प्रक्रिया अगाडी बढाउन ढिलाई गरेको बताइएको छ ।
Comments