अख्तियारले अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको अनुगमन गर्दै

साउन ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गको अनुगमन गर्ने भएको छ ।

पटक पटक पीच उप्कने समस्या देखिएपछि अख्तियारले अनुगमन गर्न लागेको हो ।

दिउँसो १ बजे अख्तियारको टोली विमानस्थल पुग्ने अख्तियार कार्यालयले जनाएको छ । अनुगमनका क्रममा धावनमार्गमा देखिएको समस्या बुझ्ने र त्यसबारे विमानस्थलका अधिकारीहरुसँग जानकारी दिनेछ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

मंगलबार त्यस विषयमा नागरिक उड्यन मन्त्रालय, विमानस्थलका अधिकारीसँग जानकारी लिएको थियो । पीच उप्कने समस्या धावनमार्गको दक्षिण भागमा बढी देखिएको छ ।

जुन सन् १९६५ तिर बनेको हो । विमानस्थलको धावनमार्ग पीच उप्कने समस्या साउन शुरु भएयता देखिन थालेको थियो ।