साउन २८ । एक साता अगाडि देश भरका पत्रकारहरुलाई तालिम दिन भन्दै निर्वाचन आयोगले धुलिखेलमा १६ जना पत्रकारलाई प्रशिक्षण प्रशिक्षक तालिम दियो ।
उक्त तालिममा निर्वाचनसम्वन्धी समाचार लेख्ने भन्दा पनि आयुक्त इला शर्मा र प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती निकटका पत्रकारहरुलाई मात्र समावेश गरेको विषयमा विटमा काम गर्ने पत्रकारहरुले विरोध गरेपछि निर्वाचन आयोग भित्र खैला बैला मच्चिएको छ ।

कान्तिपुर र अन्नपूर्ण दैनिकका पत्रकार पर्ने तर नागरिक र नयाँ पत्रिका किन परेन ? न्युज २४ टिभिका पत्रकारलाई तालिममा सहभागी गराउँदा कान्तिपुर सहितका बाँकी टेलिभिजनका पत्रकारलाई किन सहभागी गराइएन भन्ने विषयमा आयोगमा कुरा उठेपछि खैला बैला मच्चिएको हो ।
स्रोतका अनुसार सम्बन्धित पदाधिकारी र कर्मचारीले आर्थिक चलखेल सहित उक्त कार्यक्रम सञ्चालन गरेको भन्दै आयोगमा कुरा उठाएपछि आयोगका आयुक्तहरुवीच नै विवाद सुरु भएको छ ।
स्रोतका अनुसार आयुक्तहरु इादव गुरुङ र ठाकुरले प्रमुख आयुक्त र अर्का आयुक्त इला शर्माको आयोगभित्रको चलखेललाई संकेत गर्दै असन्तुष्टि जनाएपछि आयोगभित्र निर्वाचनको वातावरण बनाउने भन्दा एक अर्कामा आरोप प्रत्यारोप सुरु भएको आयोगका एक उच्च अधिकारीले हेलोखबर डटकमलाई जानकारी दिए ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।