इराकमा शृङ्खलाबद्ध बम विस्फोट ६४ को मृत्यु

 साउन २७ । इराकमा भएको शृङ्खलाबद्ध बम विस्फोटमा परी  अहिले  सम्म ६४  जनाको ज्यान  गएको छ ।

 विस्फोटबाट ३ सय जना घाइते भएका छन् । इस्लाम धर्मको  पवित्र  चार्ड ईदको  रमजान सकिए लगत्तै भएको विस्फोटन  भएको हो ।

राजधानी बग्दाद वरपरका क्षेत्रमा शृङ्खलाबद्ध रुपमा विस्फोट  भएको हो । विस्फोटनमा    सुन्नी  र शिया  समुदायलाई लक्षित  गरीएको  सिएनएनले जनाएको छ ।