चक्र बहादुर के.सी. ( प्यूठान )
 साउन  २७  ।  प्यूठान स्थित जिल्ला पशु सेवा कार्यालयमा  पशु प्रजनन् कार्यक्रम   दिन प्रति  दिन प्रभावकारी बन्दै  गएको छ  ।
जिल्लामा आथिर्क वर्ष २०६८०६९ सालको भन्दा आथिर्क वर्ष २०६९०७० मा गाई र ‘भैसीको कृत्रिम गर्भाधान गराउने किसानको संख्यामा ह्वात्तै बृद्धि भएको छ । आथिर्क वर्ष २०६८०६९ सालमा कृतिम गर्भाधान अभियानअन्तर्गत कृत्रिम गर्भाधान तथा गर्व परिक्षण गर्ने १ सय ५१ जना मात्र थिए, भने आथिर्क वर्ष २०६९०७० मा त्यो संख्या बढेर ४ सय ३३ पुगेको छ ।
जिल्लामै उन्नत गाई उत्पादन गर्न सकिने  भएपछि  स्थानीयहरुमा  यसको  जनचेतना बढ्दै  गएको छ ।   गाउँमा भैसीलाई राँगो र गाईलाई बर खोज्दा  कम्तिमा  पनि १ हजार रुपैयाँ  लिन्छन  तर  कृतिम गर्भाधान २५ रुपैयाँमा  हने  हुनाले  यस तर्फ  आकर्षण बढेको  हो ।
जिल्ला पशु सेवा कार्यालय प्यूठानका अनुसार जिल्लाको बिजुवार वांगेशाल र खलंगामा कृत्रिम गर्भाधान केन्द्र सञ्चालित छन् । २०६७ सालदेखि जिल्लाबाट सुरु भएको पशुको कृत्रिम गर्भाधान सेवा बल्ल प्रभावकारी बन्न थालेको कार्यालयले जनाएको छ ।  आथिर्क वर्ष २०७००७१ मा कृत्रिम गर्भाधान गर्ने पशुको संख्या ५ सय बढी गराउने लक्ष्य लिएको जिल्ला पशु सेवा कार्यालय जनाएको छ ।
कृत्रिम गर्भाधान र सुविधा नहुने स्थानमा उन्नत जाँतको राँगा, साढे र बोका वितरण गरि पशुको नश्ल सुधार गर्ने उदेश्यले नश्ल सुधार कार्यक्रम पनि संचालन  गरिदै आएको  पशु सेवा कार्यालयमा प्यूठान जनाएको छ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।