![]() |
यसअघि घोडचढी दौडमा तुर्कमेनिस्तानका राष्ट्रपति |
साउन २७ । हाम्रो देशका राष्ट्रपतिले कुनै खेलमा भाग लिएको देख्नु भएको छ ? छैन । देख्नु भएको होला त मात्र रिबन काटेको ।
अनि अगाडी पछाडी उनका सहयोगीले सहयोग गर्न हानाथाप गरेको मात्र । यो नेपाल न पर्यो ठुला मान्छेले गर्ने काम भनेको यस्तै हो । तर , विश्वमा यस्ता राष्ट्रपति पनि छन्- जसले आफनो देशमा भएको साइकल दौडमा भाग मात्रै लिएनन् प्रथम समेत भए ।
राष्ट्रपतिको पदमा बसेर पनि तुर्कमेनिस्तानका राष्ट्रपति १०० माइलको साइकल दौडमा भाग लिएर १६,५०० जनालाई पछाडी पार्दै प्रतियोगितामा प्रथम भएका हुन् ।
तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बेरदीमुहामेदोवले देशमा आयोजना भएको प्रतिष्पर्धात्मक साइकल दौडमा भाग लिए र पहिलो समेत भए । राष्ट्रपति गुरबांगुलीले यसअघि घोडचढी दौडमा पनि भाग लिएका थिए ।
दौड जित्न अन्तिम सीमामा पुग्नै लाग्दा लडेपनि उनी दोस्रा भई करिब ७० लाख पाउण्ड पुरस्कार प्राप्त गरेका थिए ।