साउन २५ नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेल आइतबार (पर्सि)भारत भ्रमणमा जाने भएका छनअन्य राजनितिक दलका नेताहरु भ्रमणका लागी पालैपालो भारत गएपछि कांग्रेस उपसभापति पौडेल भने स्वास्थ्य उपचारका लागी भारत जान लागेका हुन ।
पौडेलले आइतबार विहान १० बजे इन्डियन एयरलायन्सबाट नयाँ दिल्ली जाने भएका हुन ।
पायल्सको बिरामी बढेकोले उपसभापति पौडेल डाक्टरको सुझाबमा उपचारका लागि भारत जान लागेको बताइएको छ । भारतमा रहदा उनले राजनितिक भेटवार्ता पनि हुन सक्ने श्रोतले बताएको छ ।



