साउन २५ । पाकिस्तानमा एक मस्जिदको अगाडी अज्ञात समुहले अन्धाधुन्दा गोली चलाउदा आठ जनाको ज्यान गएको छ ।
घटना पाकिस्तानको दक्षिणी पश्चिमी शहर क्वेटामा भएको बिबिसीले जनाएको छ ।स्थानीय प्रहरीका अनुसार घटनामा १५ जना भन्दा बढि घाईते भएका छन ।
घटना ईद मनाइरहेका स्थानीय सुन्नी समुदाय माथी लक्षित गरिएको थियो ।
अधिकारीहरुका अनुसार उक्त विस्फोट पनि तालिवानले गराएको हुन सक्ने आशंका गरिएको छ। तर अहिले सम्म घटनाको जिम्मा भने कसैले लिएको छैन्।
Comments