छोराद्धारा बाबुको हत्या

साउन २१ । मोरङ अमरदह–१ का लोकतान्त्रिक अपाङ्ग सङ्घका अध्यक्ष तोर्ण विष्टको  आफ्नै छोराले  काठको चिर्पट प्रहार  गरी हत्या  गरेका छन् ।
 बिष्टका कान्छा छोरा गोपालले चिर्पट प्रहार गर्दा घाइते बाबुलाई स्वयम उपचारका  लागि न्युरो अस्पतालमा  ल्याएका  थिए । 
अत्यधिक रक्तबहाबले उनको  मुत्यु भएको अस्पतालले  जनाइएको छ । 
घरायसी  आपसी विवादले गर्दा छोराले बाबुलाई  चिर्पट  प्रहार  गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बाबुको मृत्यु भएपछि  छोरो गोपाल फरार  भएका छन ।  घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।