६ जना तीर्थयात्रीहरुको नदी बगेर ज्यान गयो

साउन २१ । सिन्धुलीको कमलानदी नदी पार गर्दै गरेका ६ जना तीर्थयात्रीहरुको बगेर  आज बिहान ज्यान गएको छ ।
सिन्धुलीको हत्पते भन्ने ठाउँमा रहेको मधुगंगा महादेवको दर्शनको लागि गएका तिर्थालुको ज्यान गएको  हो ।
 हत्पतेको गागन नजिकैबाट नदी पार गर्दा बगेका तीर्थयात्रीहरुको शव करिब सय मीटर तल फेला परेको थियो  । मुत्यु हनेमा ४ महिला र २ पुरुष रहेको   छ, अन्य ३ जना अझै बेपत्ता भएको प्रहरीले बताएको छ  । 
१५  जनाको  तिर्थयात्रीको स्थानीयबासीले  उद्धार गरेको बताइएको छ । उद्धार गरिएका समेत केही बेहोस  भएका थिए ।  अहिले कमला नदी वारपार गर्न पूर्णत रोक लगाएइएको प्रहरी बताएको छ ।