चुनाव बहिष्कार गर्न खोज्नेहरू जनताबाट बहिष्कृत हुने : कोइराला

 साउन २१ ।  नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले चुनाव बहिष्कार गर्न खोज्नेहरू जनताबाट बहिष्कृत हुने बताएका छन ।


मसिंर ४ को चुनाव बहिष्कार गर्न खोज्नेहरू आफै बहिष्कृत हुने   छन  दिल्लीमा  नेपाली जनसम्पर्क समितिद्वारा सम्मानमा  कार्यक्रममा बोल्दै  यस्तो बताएका  हुन ।

 नेपालका गाउँ गाउँमा चुनावी अभियान तिव्र भइसकेको  भन्दै चुनाव हुन नदिने षड्यन्त्रहरू असफल  हने दावी गरेका छन ।  चुनावका  पक्षमा सम्पुर्ण अन्तर्राष्ट्रिय  नियोगको सहयोग  भएकोले  चुनाव हनेमा कुनै शंका नरहेको बताएका छन ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

उनले  अबको चुनाबमा नेपाली काँग्रेसले बहुमत ल्याई लोकतान्त्रिक संविधान लेख्ने उनले  दावी गरेका छन ।

यसैगरी कोइरालाले आज प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननसँग पनि आजै दिउँसो भेटवार्ता गर्नेछन   र साँझ काँग्रेस आई विदेश विभाग प्रमुख करणसिंहसँगको रात्रिभोजमा  सारिक  हुने बताइएको छ ।