साउन २१ । दार्जिलिङमा गोर्खाल्याण्डको माग गर्दै गोर्खा जनमुक्ती मोर्चाले आन्दोलन थप शसक्त  गराएको छ ।

मोर्चाले  गरेको अनिश्चतकालीन बन्द र हडतालका कारण दार्जिलिङको जनजीवन अस्तव्यस्त बनेको   छ।गोर्खा जनमुक्ति मोर्चाले अन्तिम संघर्ष यो नै  भएको  भन्दै  आन्दोलनलाई  थप  ससक्त  पार्ने मोर्चाले प्रमुख बिमल गुरुङले घोषणा गरेका  छन ।

पश्चिम बंगाल सरकारले  यस आन्दोलन दबाउन  लागिरहेको  आरोप  लगाउदै  यसका बिरुद्ध  ज्यान नै दिएर  तयार  रहेको बताएका छन ।उनले गोर्खाल्याण्ड नभए सम्म  यस आन्दोलन  नरोकिने  बताएका छन ।

सरकारले आन्ध्रप्रदेशबाट तेलंगना राज्य बनाउन हुने  तर  गोर्खाल्याण्ड  बनाउदा किन विवाद  हुने  भन्दै  दार्जलिंगबासीले आक्रोस व्यक्त  गरेका छन ।

 आफ्ना माग प्रति सरकार गम्भिर नभएको भन्दै आन्दोलनलाई  थप सशक्त बनाएको  तयारी भइरहेको  बताएका छन ।  यस्तै  विपक्षी पार्टीसमेतले मोर्चाको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।