साउन २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  गुणस्तरहिन ट्रान्सफर्मर खरिद गरी भ्रष्टाचार गरेको  आरोपमा  नेपाल विद्युत प्राधिकरणका १२ कर्मचारी र २ जना चिनियाँ नागरिकलाई विशेष अदालतमा  पठाएको छ ।
 प्राधिकरणले २०६४ सालदेखि ०६८ सालसम्म खरिद गरेको करीब ५ हजार ट्रान्सफर्मर गुणस्तरहीन  भएको  भन्दै  अनुसन्धान  गरेको  थियो।उक्त काण्डमा करिब  ४ अर्ब रुपैयाँ घोटाला भएको  भन्दै  अख्तियारले ब्याजसहित असुल गराउने बताएको छ ।

अख्तियारको नियन्त्रणमा पर्नेमा प्राधिकरणका सहायक प्रवन्धक सुरेन्द्रप्रसाद पनेरु, सहनिर्देशक हरिश बहादुर पाल, सहायक प्रवन्धक मदनराज चापागाई, इञ्जिनियर प्रज्वल पाण्डे र भण्डार प्रमुख भरत रुपाखेती रहेका छन । 

यस्तै, विराटनगरबाट सुरेन्द्र जोशी, नेपालगञ्जबाट सिन्धु यादव, हेटौडाबाट सरोज श्रेष्ठ नारायण चौधरी र  सुरेशकुमार कटवाललाई अख्तियार नियन्त्रणमा लिएको छ । यसैगरी  ट्रान्सफर्मर आपुर्ति  गर्ने  चिनियाँ कम्पनी हुपेई सनलाइट इलेक्ट्रिक्सका हु चङ छियाङ र चउ यि थियान लाई पनि नियन्त्रण गरेको  छ । गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरी भ्रष्टाचार गरेको उजुरीमा  अनुसन्धान  गरी  हिजो नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले  बताएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।