साउन २१ । देश र जनताको सुरक्षारत भनिने त्यो पनि एसएसपी जस्तो दर्जामा पुगेको व्यक्तिले नै काठ तस्करी गरे होलान् त भनेर पत्यार नलाग्न पनि सक्छ ।

तर प्रहरीको गाडी प्रयोग गरेर काठ तस्करी गरेको आरोप लागेका सगरमाथा अञ्चल प्रहरी कार्यालयका प्रमुख भोगबहादुर थापा भने यस्तै एउटा उदाहरण बन्न पुगेका छन् ।

उनलाई काठ तस्करी गरेको अभियोगमा काठमाडौँ झिकाइएको छ ।

अञ्चल प्रहरी कार्यालयको बा१ग २२०१ नम्बरको टाटा भ्यानमा ३५ क्युबिक अवैध सखुवाका गोलिया फेला परेपछि तस्करीको आशंकामा तत्काल उनलाई प्रधान कार्यलय झिकाइएको हो ।

बुधबार काठ लोड भएको प्रहरीको गाडीलाई स्थानीय सामुदायीक वनका कर्मचारीले नियन्त्रणमा लिएर अवैध काठको काम गरेको आरोपमा बनलाई बुझाएको थिए।

वनले प्रहरीको गाडी नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेपछि‘घटना गम्भीर भएको भन्दै प्रधान कार्यालयले उनलाई केन्द्रमा तानेको नागरिकमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।