टीकाबहादुर बस्नेत, दाङ,

साउन २० । दाङको घोराही नगरपालिकाक्षेत्रमा रहेका कार्यालय तथा संघसंस्थाहरुले शौचालय नबनाउने कर्मचारीहरुको तलव रोक्का गर्ने  बताएको  छ ।

जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभियान चलिरहेको समयमा घोराही नगरपालिका क्षेत्रभित्रका कार्यालय तथा संघसंस्थाहरुले यस्तो अभियान थालेका हुन् ।
अभियानअन्तर्गत शौचालय नबनाएपछि घोराही नगरपालिका कार्यालयले एकजना कर्मचारीको तलव रोक्का गरेको छ । 
कार्यालयको घोराही–९ करौतीडाँडामा रहेको ल्याण्डफिल साइटमा कार्यरत एकजना कर्मचारीको घरमा शौचालय नभएको थाहा पाएपछि तलव रोक्का गरेको कार्यालयका शाखा अधिकृत सुबोध रेग्मीले जानकारी दिनुभयो । तलव रोक्का गरिदिएपछि कर्मचारीले शौचालय निर्माण गरिरहेको रेग्मीले  बताए ।
त्यसैगरी घोराही खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पनि एकजना कर्मचारीको आधा तलव रोक्का गरीदिएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।