साउन, २० । नेपाली कांग्रेसका सभापति सुशील कोइराला आज भारत  जादै  छन ।भारतको   मैत्रीपूर्ण निमन्त्राणा पछि  उनी  भारत  जान लागेका हुन ।  उनले  भारतमा उच्चस्तरीय राजनीतिक भेटघाटका  हुने बताइएको छ ।
 सभापति कोइराला संग महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला  जाने  कार्यक्रम रहेको  नेपाली काग्रेशले जनाएको छ ।  दिउसो  ३: ४० मा  एयर इन्डियाको उडानमार्फत नयाँ दिल्ली  प्रस्थान गर्ने  र भोलिदेखी राजनीतिक भेटवार्ता हुने बताइएको छ ।

कोइरालाले  भारत भ्रमणका क्रममा आगामि संविधानसभाको चुनाव  बाँकेको लक्ष्मणपुर बाँधका र नेपाल भारत  बिच आपसी हितका सम्बन्धमा  छलफल  हुने बताइएको छ ।  कोइरालाले  भारतमा रहदाँ  प्रधानमन्त्री मनमोहन सिंह कांग्रेस गठनबन्धन नेतृ सोनिया गान्धी र विदेश मन्त्री सलमान खुसिर्द संग भेटवार्ता हुने बताइएको छ । साथै उनले  उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादव र विहारका नितिश कुमारलाई  भेट्ने जनाइएको छ ।कोइराला  भारत भ्रमण  सकाएर  साउन २६  मा  स्वदेश  आउने  कार्यक्रम रहेको बताइएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।