साउन २० । जिम्बाबेमा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपतिमा रोबर्ट मुगाबेको पुनः निर्वाचित भएका छन । ८९ वर्षीय मुगाबेले ७१ प्रतिशत मतसाथ चुनावमा दुई तिहाई बहुमत प्राप्त गरेको गरेको छनराष्ट्रपति मुगाबेले ३३ वर्ष लगातार सासन सञ्चालन गरीरहेका छन ।
जिम्बाबेको संसदीय निर्वाचनको मतदानको क्रममा शनिबार साँझ घोषणा गरिएको परिणामअनुसार राष्ट्रपति मुगाबेको दलले बहुमत ल्याई जित हासिल गरेको छ । जिम्बाब्वेको निर्वाचन आयोगका अनुसार राष्ट्रपति मुगाबेको पार्टीले २१० सिट मध्ये १४२ सिट जित्न सफल भएको छ ।
तर विपक्षीले भने उनीहरुले निर्वाचनमा धाँधली भएको हुनाले यसकालागि उनीहरु अदालत जाने बताएका छन ।
Comments

