साउन १७ । नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा रु ८५० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुनको मूल्य आज प्रतितोला रु ५३ हजार ५० निर्धारण गरी कारोबार भएको जनाएको छ ।
नेपाली बजारमा अघिल्लो दिन बुधबार प्रतितोला रु ५३ हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज रु ८५० ले कमी भएको हो ।
महासङ्घले तेजाबी सुनको मूल्य आज प्रतितोला रु ५२ हजार ८०० निर्धारण गरी कारोबार भएको जनाएको छ । सोको मूल्य बुधबार प्रतितोला रु ५३ हजार ६५० मा कारोबार भएको थियो ।
त्यसैगरी असली चाँदीको मूल्यमा पनि अघिल्लो दिनको तुलनामा प्रतितोला रु १० ले कमी भई आज प्रतितोला रु ८३० कायम भएको छ ।
महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको मूूल्यमा कमी आएकाले नेपालमा पनि घटेको बताए ।
उनका अनुसार बुधबार सुन प्रतिऔँस एक हजार ३३३ अमेरिकी डलर रहेकामा आज प्रतिऔँस १५ अमेरिकी डलरले कमी भई एक हजार ३१८ अमेरिकी डलर कायम भएको छ ।