सुरेश बिडारी
साउन १७ । जिल्ला प्रहरी कार्यालय पर्साले अबेर रातिसम्म होटल व्यवसाय तथा भट्टी पसल सञ्चालनमा रोक लगाएको छ ।

समाजमा शान्ति सुरक्षा कायम राख्नका लागि अबेर रातिसम्म होटल व्यवसाय सञ्चालनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

समुदायलाई असर पार्ने खालका मदिरा पसल, भट्टी, तथा खाना खाने स–साना होटलहरु राति ९ बजे र गेष्ट हाउस तथा ठूला व्यवस्थित होटलहरु १० बजेसम्ममा बन्द गर्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रम्ख प्रहरी उपरीक्षक धिरज प्रताप सिंहले जानकारी दिए ।

राति अवेरसम्म मदिरा पसल, भट्टीहरु सञ्चालनमा रहँदा विभिन्न किसिमको दुर्घटना हुन सक्ने भएकोले
सुरक्षाको दृष्टिकोणले त्यस्तो गर्नुपरेको उपरीक्षक सिंहले बताए ।
कानुनको पालना गर्नु सबैको कर्तव्य भएको बताउँदै उपरीक्षक सिंहले सहयोग गर्न सम्पूर्ण होटल व्यवसायीहरुसँग आग्रह गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।