साउन १७ । छलफल गर्ने नाममा आफूलाई स्थानीय केही व्यक्तिले बोलाएर निर्घात कुटपिट गरेको सप्तरीका एक शिक्षकले आरोप लगाएको छ ।

विभिन्न प्रलोभन देखाउँदै इटहरीमा लगेर यौन क्रियाकलापमा संलग्न गराउने काममा संलग्न रहेकी द्रोपती चौधरीलगायतका गिरोहलाई संरक्षण दिएको निहुँमा स्थानीय व्यक्तिले गत साउन १५ गते आफूलाई निर्घात कुटपिट गरेको सप्तरीको हरिहरपुर गाविस निवासी शिक्षक महेश चौधरीले आरोप लगाएका छन् । स्थानीयवासीको कुटाइ खाने शिक्षक द्रोपतिका श्रीमान् हुन् ।

स्थानीय दुई युवतीलाई इटहरी पु¥याएर जवर्जस्ती यौन क्रियाकलापमा संलग्न गराउन खोज्ने द्रोपती, फत्तेपुरका मुकेशजङ्ग खड्कालगायतका गिरोहलाई संरक्षण दिएको निहुँमा हरिहरपुरका अरुणकुमार चौधरी, प्रमोद चौधरी, वीरेन्द्र चौधरी, पीडित भनिएकी युवतीद्वय ममता चौधरी, सरिता सरदारलगायतका व्यक्तिले सामूहिकरुपमा कुटपिट गरेको शिक्षक चौधरीले राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

आफूसँग भएको एक थान मोबाइल र नगद रु. नौ हजार स्थानीय वीरेन्द्र चौधरीले खोसेको आरोप उनको आरोप छ ।

आफूले श्रीमती द्रोपतीलगायतका गिरोहलाई संरक्षण नदिएको दाबी गर्दै गाउँका युवतीहरूलाई घृणित कार्यमा संलग्न गराउने आफ्नी श्रीमतीलगायतलाई कारबाही गर्नुपर्ने पक्षमा आफू पनि रहेको उनले बताए ।

केही दिनअघि सप्तरीको हरिहरपुर गाविसकी ममता चौधरी र सितापुरकी सरिता सरदारले राजविराजमा पत्रकार सम्मेलन गरी द्रोपतीले तालिमको नाममा इटहरी पु¥याएर जबर्जस्ती यौन क्रियाकलापमा संलग्न गराउन खोजेको भन्दै प्रहरीमा उजुरी दर्ता गराउन खोजे पनि उजुरी दर्ता गराउन नपाएको गुनासो पोखेकी थिइन् । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।