साउन १७ । राजविराज–छिन्नमस्ता सडकखण्डअन्तर्गत सप्तरीको कोचाबखारी गाविस–७ मा आज दिउँसो यात्रुबाहक बस पल्टिँदा ४० भन्दा बढी यात्रु घाइते भएका छन् ।

छिन्नमस्ताबाट राजविराजतर्फ आउँदै गरेको स.१ ख ५२२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई दिउँसो १ बजेतिर सडक छेउमा पल्टिँदा त्यसमा सवार ४० भन्दा बढी यात्रु घाइते भएका हुन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।