हात्ती आक्रमणको बिगबिगी, दुई जनाको मृत्यु

साउन १७ । जङ्गली हात्तीले कुल्चेर आज सर्लाहीको ढुङ्ग्रेखोला गाविस–८ की ७५ वर्Èीया वृद्धा पूर्णमाया मोक्तानको मृत्यु भएको छ ।

गएराति जङ्गली हात्ती गाउ“मा आएपछि हल्ला हुँदा उनी घरबाहिर निस्केकी थिइन् । पश्चिमबाट आएको हात्ती बस्तीमा छिरेपछि बाहिर निस्केका अधिकांश गाउँले भागेका थिए । वृद्धावस्थाका कारण भाग्न नसक्दा उनलाई हात्तीले कुल्चिएको प्रहरीले जनाएको छ ।

जङ्गली हात्तीले गएराति स्थानीय बासिन्दाको घर र सामुदायिक वन उपभोक्ता समितिको कान्जी हाउस भत्काइदिएको स्थानीय बासिन्दा कप्तान लामाले बताए ।

यसैबीच, मोरङको उर्लाबारी–७ बस्ने ६३ वर्षीय तिलकबहादुर राईको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज सोही स्थानको बेतिनी सिमसार सामुदायिक वनमा दाउरा काट्न गएको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।