
ड्यानिल चोङ नाम गरेका छात्र र उनको वकीलको अनुसार उनलाई चार दिन सम्म जेलमा बन्द गरिएको थियो । उनी जिउदो हुनका लागि पिसाब खाएका थिए ।
सन २०१२ मा लागु औषधीको आरोपमा उनलाई जेलमा राखिएको थियो। जेलबाट उनी छुटेपछि उनको शरिरमा पानीको कमी, किडनी र खानेनलीमा समस्या आएको थियो त्यसैले उनी ५ दिन अस्पतालमा भर्ना गरीएको थियो समाचार अनुसार उनलाई ४ दिन सम्म जेलमा कैद गरीएको थियो उनलाई अध्यारो कोठामा बन्द गरीएको थियो ।
चोङले आफुलाई भुलबश जेलको कोठामा छोडिएको हुनसक्ने भन्दै त्यो क्षण आफ्ना लागि भयानक दुर्घटना सरह भएको प्रतिक्रिया दिएका छन् । त्यहाँको न्याय विभागले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
Comments