साउन १६  । ललितपुर, धोबिघाट–३ पैँयापानी निवासी समाजसेवी लिलियन बस्नेतले तीजका लागि श्रीमानले विदेशबाट पठाएको खर्च कटाएर ललितपुरकै ग्वार्का सिञ्चाहिटीमा रहेको अनाथाश्रम लाई १० हजार रुपैयाँ सहयोग गरेकी हुन् । स्वर्गीय सासूससुरा भुवनबहादुर र रतनदेवी बस्नेतको स्मृतिमा आफ्नो तीजखर्च बालबालिकाका लागि सहयोग गरेको बस्नेतले बताइन् ।
 संस्थामा कालीकोट, रुकुम, दाङ, हुम्ला, सिन्धुपाल्चोक, बर्दिया र मकवानपुरका अनाथ, अपाङ्ग र द्वन्द्वपीडित गरी ३० जना बालबालिका आश्रित छन् । उनीहरूलाई सानेपास्थित नाइल स्ट्रिम एकेडेमीले निःशुल्क अध्यापन गराइरहेको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।