साउन १६ । ह्याकरहरुले शहरी विकास मन्त्रालय अन्तर्गतका वेवसाईट ह्याक गरेका छन् ।
नेपाली ह्याकरहरुको समूहले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको वेवसाईट बाग्मती डट जिओभी डट एनपी ह्याक गरेर वसन्तपुर दरबार स्क्वायर क्षेत्रलाई नीजिकरण नगर्न भनेर लेखेका छन् ।
ह्याक गरिएको साइटमा हनुमानढोका दरबार क्षेत्र निजीकरण गर्न लागेको भन्दै यसअघि भएको करार नामा खारेज गर्न माग गरिएको छ ।
ह्याकरहरुले सरकारका वेवसाईट ह्याकको यो शुरुवात भन्दै निर्णय खारेज नभए थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
यसअघि पनि नेपाल सरकारका दर्जनौं वेवसाईट ह्याक भईसकेका छन् । पछिल्लो पटक ह्याक गरिएको बेवसाइटमा भने यस्तो लेखियो छ:
Comments