साउन  १६ । निर्वाचन आचारसंहिताविपरीत चन्दा असुल गरेको आरोपमा चितवन प्रहरीले  गए राती नारायणगढबाट एकीकृत माओवादीको भ्रातृ सङ्गठन वाइसिएलका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वाइसिएल मजदुर मोदराज न्यौपाने, वाइसिएल क्षेत्र नं. ३ का अध्यक्ष तथा खेलकुद विकास समिति चितवनका अध्यक्ष उत्तम गुरुङ, वाइसिएल सदस्यहरु विशाल मरहट्ठा, मनोज शेर्पा, रवि पराजुली र भरत मगर रहेका छन् । नारायणगढको पुतलीबजारस्थित एक व्यापारीसँग पैसा लिने क्रममा उनीहरुलाई पक्राउ गरिएको चितवनका प्रहरी  जनाएको छ ।

निर्वाचन आचारसंहिताविपरीत चन्दा उठाउन लागेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेर  प्रहरीले  बताएको छ ।
 अहिले वाइसिएलले यातायात ठप्प गराएका छन भने चितवन पार्टि कार्यलय अगाडी नाराबाजी गरीरहेको चितवन प्रहरी प्रवत्ता डिएसपी सञ्जय बहादुर रावत बताएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।