साउन १६ । निर्वाचनका बेला पूर्व लडाकुबाट सम्भावित घटना घट्न सक्ने भन्दै सुरक्षा संयन्त्रले पूर्व लडाकुलाई निगरानीमा राख्ने भएको छ ।

गृहमन्त्री माधवप्रसाद घिमिरेले माओवादी पूर्वलडाकुलाई निगरानी राख्न निर्देशन दिएसँगै अब उनीहरुमाथि निगरानी राखिने भएको हो ।

प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका क्षेत्रीय सुरक्षा प्रमुखसँग सोमबारको छलफल पछि गृहमन्त्रीले त्यस्ता लडाकू चुनावी सुरक्षामा चुनौती हुनसक्ने जनाउँदै निगरानी गर्न निर्देशन दिएको कान्तिपुरले खबर छापेको छ ।

गृहमन्त्री घिमिरेले उनीहरुबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौतीको आँकलन गर्नसमेत क्षेत्रीय सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा माओवादीसँग ठूलो संख्यामा पूर्व लडाकुहरु आवद्ध रहेपछि सरकारले त्यसतर्फ लक्षित गरेर सुरक्षा संयन्त्रलाई निर्देशन दिएको हो ।

गृहमन्त्री घिमिरेले तराई केन्द्रित् नेतामाथि सुरक्षा चुनौती बढेको जनाउँदै त्यही अनुसारको सुरक्षा प्रवन्ध मिलाउन पनि निर्देशन दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।