साउन १६ । स्याङ्जाको वालिङ नगरपालिका–१ भुम्रेमा स्थानीय टिकीमाया विकको घरमा आगो लगाइदिने विनोद विकलाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिकृष्ण केसीका अनुसार व्यक्तिगत रिसइवीका कारण विकले मदिरा सेवन गरेर टिकीमायाको घरमा आगो लगाइदिएको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
आगलागीबाट अन्नपात, गरगहना, गरी कुल तीन लाखभन्दा बढीको मालसामान र एकतले टिनको छाना भएको घर ध्वस्त भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
पक्राउ परेका विकलाई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी जनाएको छ ।
Comments