साउन १५ । जिल्ला प्रहरी कार्यालय रामेछापअन्र्तगत सेलेघाट प्रहरीचौकीमा कार्यरत प्रहरी जवान मनिबहादुर खड्का छुरा प्रहारबाट घाइते भएका छन् ।

प्रहरी चौकीभित्र बसिरहेका जवान खड्कालाई गोरख वक्स गण प्युठानमा कार्यरत नेपाली सेनाका जवान भलुवाजोर–८ का दीलबहादुर माझीले छुरा प्रहार गरेको र छुरा प्रहारबाट घाइते भएका खड्काको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजेन्द्र थापाले बताए ।

साँझ ५ः३० बजे प्रहरी चौकीभित्र बसिरहेका खड्कालाई बाहिरबाट आएका माझीले एक्कासी छुरा प्रहार गरेपछि नजिकै रहेका साथीहरूले दोस्रो प्रहार हुनबाट रोकेका थिए ।

पीडकलाई प्रहरीले पक्राउ गरेको छ भने पीडित प्रहरी जवानको देब्रे कन्चटमुनि छुरी लागेको छ ।

पारिवारीक रिसिईवीका कारण घटना घटेको हुनसक्ने प्रहरीको अनुमान छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।