
नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा सोमबार बसेको बैठकमा निर्वाचन प्रक्रिया तथा ३३ दलीय मोर्चालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको नेकपा–माओवादीका सचिव देव गुरुङले जानकारी दिए ।
आजको बैठकमा निर्वाचन बहिस्कारको प्रक्रियाका विषय र मोर्चाबीच एकआपसमा बढेको असमझदारीलाई कसरी समाधान गरेर जाने भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।
सचिव गुरुङका अनुसार निर्वाचन प्रक्रिया, मोर्चाले लिने रणनीतिका बारेमा थप गहन छलफल गर्नुपर्ने भएकाले भोलि पुनः बैठक बसेर निर्णय गरिनेछ ।
Comments