साउन १४ । सुतिरहेको अवस्थामा विवाहित महिलाको संवेदनशील अंग छोएको भन्दै कुटपिटबाट कैलालीमा एक युवकको ज्यान गएको छ ।

कैलाली जिल्ला रतनपुर–५ बस्ने २८ वर्षीय श्यामनाथ चौधरीको कुटपिटबाट आज बिहान मृत्यु भएको हो ।

उनले आज बिहान धनगढी नगरपालिका–८, धनगढीगाउँकी ३० वर्षीया महिला बिल्ली रानाको संवेदनशील अंगमा समातेको भन्दै घरका मान्छेले मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर श्यामनाथको उपचारका क्रममा मृत्यू भएको हो ।

कुटपिटमा संलग्न बिल्ली राना उनका पति ३५ वर्षीय श्याम राना, छोरा बीरबल राना, देबर बिलासी राना र छिमेकी कषन रानालाई प्रहरीले प्रक्राउ गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।