साउन १४  । अनेरास्ववियु सुर्खेतको  बिद्यार्थी नेतृत्वले विभिन्न माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा पदमलाल देवकोटा, रजिस्ट्रार डा ठकेन्द्रप्रकाश गिरी र डिन लगायत पदाधिकारीलाई थुनेका छन ।

 अनेरास्ववियु  नेतृत्वमा गएको विद्यार्थीको समूहले उपकुलपति देवकोटाको आवासमा बसिरहेका सबै पदाधिकारीलाई बाहिर निस्कन नदिई बाहिरबाट ताला लगाइदिएका हुन् ।

 आफ्नो आन्दोलनको कार्यक्रमअन्तर्गत विश्वविद्यालयका पदाधिकारीको आवासमा ताला लगाइएको अनेरास्ववियु सुर्खेतका सचिव प्रेम खड्काले बताए।

पदाधिकारीले नै विश्वविद्यालयमा राजनीतीकरण गरेको, अवैधानिक रुपमा कर्मचारी नियुक्ति गरेको र आफ्ना नातेदार र राजनीतिक आस्थाका आधारमा कर्मचारी तथा पदाधिकारी नियुक्त गरेको आरोप विद्यार्थीले लगाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।