साउन १४ –  आज  अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।बाघ संरक्षण र समवधर्न गर्न र  जन चेतना फैलाउले  उद्देश्यका साथ  सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम  गरी  बिश्व  बाघ दिवस मनाइदैछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले   नेपाल  भरी बाघको संख्या कति  छ  भन्ने तथ्याङ्क   पत्रकार सम्मेलन द्धरा जानकारी दिने  बताइएको छ ।स्रोतका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज
शुक्लाफाँटा बन्यजन्तु आरक्ष र पर्सा वन्यजन्तु आरक्ष लगायतमा भने बाघको संख्या बढेको रचितवन राष्ट्रिय निकुञ्जमा  बाघको  सख्या कम भएको बताइएको छ ।
सन् २०१० लाई बाघ वर्षका रुपमा मनाउने अभियान अन्तर्गत सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर बनाउने अभियान थालिएकोराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले   बताएको छ ।

बाघको  गणना क्यामरा ट्रयापिङ प्रबिधिबाट  यही  फागुन ६ गतेदेखि बैशाख १६ सम्म  गरिएको  विभागले जनाएको छ ।  थप जानकारी आज  पत्रकार सम्मेलन  गरी जानकारी गराउने  विभागले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।