साउन १३ । लिबियाको पूर्वी सहर बेनघाजीमा शनिबार अल–कुइफिया कारागारबाट करिब १२०० कैदी भागेका  छन ।

अज्ञात बन्दुकारीले जेल भवनमा आक्रमण गरेको  बताइएको छ । सो जेलमा विभिन्न अपराध सम्बन्धी सजाया भोगिरहेका व्यक्ति र पूर्व शासक मोअमर गद्दाफीका समर्थकहरू रहेका बताएइको छ ।

 भाग्ने  क्रममा  कारागारका गार्डसँगको  झडप भएको  थियो  ।
कारागारबाट भाग्ने यी कैदीहरु  सीमापार गरी भाग्ने सम्भावना रहेको हुनाले सीमा  क्षेत्र बन्द गर्न कडा सुरक्षा  गरिको  जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।