साउन १३ । राजधानीमा  ट्याक्सी चालक मृतावस्थामा फेला पारिएको छ ।
 इन्द्रबहादुर सार्की  नाम गरेका बा१ज ७९९४ नं को ट्याक्सीका चालकको  शव आज बिहान बबरमहलस्थित रोजबर्ड स्कुलअगाडि धोबीखोला किनारमा फेला परेको महानगरीय प्रहरी प्रभाग सिंहदरबारले जनाएको छ ।

उनले चलाएको ट्याक्सी हनुमानस्थाननजिक किस्ट बैंकको केन्द्रीय कार्यालयअगाडि धोबीखोलामा दुर्घटनाग्रस्त अवस्थामा फेला पारिएको थियो । दुर्घटना भएको सो ट्याक्सीबारे खोज अनुसन्धान गर्ने क्रममा घटनास्थलभन्दा एक सय मिटर तल धोबीखोलाको किनारमा चालकको शव भेटिएको थियो । ट्याक्सी गए राति दुर्घटनामा परेको हुन सक्ने प्रहरीले  अनुमान  छ  । घटनाको  थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।