तपाईको उमेर ढल्कदै गएको छ ? अनि तपाई युवा जस्तै देखिन चाहनुहुन्छ ? त्यसो भए तपाईले पुर्ण मात्रामा निदाउनु पर्ने भएको छ ।

पुर्ण मात्रामा ननिदाएको खण्डमा तपाईको अनुहारमा च्याउरीने समस्या आउन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

यस्तो दाबी अमेरिकाको युनिभर्सिटी हस्पिटल मेडिकल सेंन्टरका फिजिशियन र वैज्ञानिकहरुले यस्तो तथ्य बताएका हुन ।

हालसालै गरिएको अध्यनमा कम निदाउदाँ मानिसको अनुहारमा बुढौली उमेरको जस्तो अनुसारमा च्याउरीपनाको समस्या देखिने बताएका छन । अध्यनका अनुसार कम निदाउने मानिसमा अनुहारको छालामा बिभिन्न किसिमको समस्या पनि आउन सक्ने उनीहरुले दाबी गरेका छन ।

यस सम्बन्धी अध्यन गरेका निदेर्शक र मुख्य शोधकर्ता एल्मा बैरन वोस्टर्न रिजर्व युनिभर्सिटी स्कुल अफ मेडिसिनका छाला रोग विभागमा एसोसिएट प्रोफेसरका रुपमा काम गर्ने गरेका छन । उनका अनुसार कम निद्राले शरिरको छालामा नकारात्मक असर गर्दछ र घाममा देखिदाँ पनि छिटो नै असर गर्दछ । अनुहारमा युवा अवस्थामानै च्याउरीपना देखिने सम्भवाना बढि हुने उनको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।