असार १०।  सन् १९९६ मा भारतको वेश्यालयबाट उद्धार भएकी  नेपाली चेली चरीमाया तामाङ त्यसयता १७ वर्ष निरन्तर  बेचिएका चेलीको उद्धारमै रहेकी  छिन ।  । वेश्यालयको नारकीय जीवनअघिका र उद्धारपछिका सबै खुसीलाई  पनि माथ गर्दै बुधबारको उनको जीवनमा नयाँ  आएको छ ।  उनी आबद्ध संस्था शक्ति समूहलाई सन् २०१३ को रामन म्यागासेसे पुरस्कार दिने निर्णयसहितको इमेल  तामाङले प्राप्त गरेकी छन् ।

। एसियामा नोबेल पुरस्कारका रूपमा प्रतिष्ठित यो पुरस्कार पाउने भएपछि समूहले आफ्नो आधिकारिक वेबसाइटमा खुसी मात्र व्यक्त गरेको छैन, मानव बेचबिखनविरुद्धको अभियानमा जुटेका सबैप्रति आभारसमेत व्यक्त गरेको छ ।
 यसअघि सन् २०११ मा पनि यो समूहमा आबद्ध तामाङले अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको हातबाट ‘हिरो एक्टिङ टु एन्ड मोर्डन स्लेभरी अवार्ड’ पाएकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।