तिनाउले बगाउँदा दुई किशोरी बेपत्ता

साउन, १०।बुटवलको तिनाउ खोलाले  बगाएर २ किशोरी बेपत्ता भएका छन ।
रुपन्देहीको मोतिपुरका निवासी ती किशोरी गए राती डाइभरटोलबाट घरजानेक्रममा डिङगरकुवास्थित तिनाउ खोलाले बगाएर उनिहरु बेपत्ता भएको ईलाका प्रहरी कार्यलय  बुटवलले बताएको छ ।

बेपत्ता हुनेहरुमा रुपन्देहीको मोतिपुरका १८ बर्षकी दीपा पुन र १७ बर्षकी गीता पौडेल छन् ।

उनीहरु बेपत्ता भएको खबर सुन्ने वित्तिकै प्रहरीले राति अवेरसम्म उद्दारको प्रयास गरेपछि फेला नपरेका कारण उद्दार कार्य आज बिहानैदेखि सुरु जारी  रहेको प्रहरीले बताएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला