साउन ८ । देशका विभिन्न पछिल्लो पटक भाईरल ज्वरो फैलिएको छ ।

भाईरल ज्वरो जाजरकोट जिल्ला अस्पतालसँगै विभिन्न ग्रामीण क्षेत्रमा रहेका स्वस्थ्य संस्थामा पनि यसका बिरामीको चाप बढेको छ ।

दुई हप्तादेखि बिरामीको चाप देखापरेको अस्पतालका डा गणेशसिंह भण्डारीले बताउनुभयो । अस्पतालमा दैनिक ३५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । बिरामीको सङ्ख्या धेरै भएपछि ठाउँको अभावमा भुइँमा राखेर उपचार भइरहेको अस्पतालले बताएको छ । वर्षायामको दूषित पानी र खानपिनमा नियमित नभएका कारण समस्या देखापरेको अस्पतालले बताएको छ ।

अहिले भाइरल ज्वरोका बिरामी सबैभन्दा बढी रहेको अस्पतालले जनाएको छ । सदरमुकाममा रहेको जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि थप कक्षको व्यवस्था गरिए पनि अपुग भएको बताएको छ । कक्षको अभावमा बिरामीलाई भुइँमा राखेर उपचार गरिएको अस्पतालले बताएको छ । अस्पतालको नियमित सरसफाइ नहँुदा समस्या उत्पन्न भएको बिरामीहरूका कुरुवाले बताएका छन् ।

त्यस्तै उत्तर पूर्वी क्षेत्रका खगेनकोट, डाँडागाउँ, लहा, सक्ला, रग्दा र भगवतीलगायत गाविसबाट भाइरल ज्वरोका बिरामी दैनिक ४० भन्दा बढी उपचारमा आउने गरेको इलाका स्वास्थ्य चौकी खगेनकोट दल्लीका इन्चार्ज युवराज आचार्यले बताउनुभयो । उता बारेकोट स्वस्थ्यचौकीका इन्चार्ज रामनाराण चौधरीका अनुसार सो स्वास्थ्य केन्द्रमा झाडापखाला, भाइरल ज्वरो र टाइफाइडलगायत रोगको बिरामीको चाप देखिएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।