साउन ९ । पश्चिमा देशमा सामान्य घटनाका रूपमा लिइने सम्बन्धविच्छेदका घटना नेपालमा पनि दैनिक रूपमा बढ्न थालेका छन् । घरेलु हिंसा, वैदेशिक रोजगारी, सचेतना तथा महिला वा पुरुषबीचमा बेमेल बढ्दै जान थालेका छन् ।

पछिल्लो समयमा पर्वत जिल्ला अदालतमा दुई वर्षको अवधिमा ८३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । तीमध्ये अधिकांश वैदेशिक रोजगारीका कारण भएको देखिन्छ । विदेशमा पुरुष वा महिला गएपछि एकले अर्कोको अविश्वास गर्ने र विभिन्न खालका घरेलु हिंसा बढ्दै जान थालेका कारण सम्बन्धविच्छेदका घटना समेत बढ्दै गएका हुन् ।

जिल्ला अदालतमा अघिल्लो आव २०६८/०६९ मा ३३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा २७ वटा मुद्दा किनारा लागेको अदालतले जनाएको छ । त्यसैगरी गत आवमा ५० वटा मुद्दा दर्ता भएको र प्रक्रियामा रहेको जिल्ला अदालतका श्रेस्तेदार विनोद रखालले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।